पाकिस्तानको सर्वोच्च अदालतद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ बर्खास्त

साउन १३, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई बर्खास्त गरेको छ । भ्रष्टाचार अभियोगमा आफ्नो अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतले सरिफलाई पदमा बस्न अयोग्य ठहर गर्दै बर्खास्त गरेको हो । नवाज सरिफले विदेशमा आफ्नो सम्पत्ति लुकाइराखेको र त्यसको स्रोत खुलाउन नसकेका कारण उनीमाथि भ्रष्टाचारको मुद्धा दायर भएको थियो ।

सर्वोच्च न्यायालयमा रहेका न्यायाधीसहरुले सर्व–सम्मतिले उनलाई बर्खास्त गर्ने निर्णय गरेका थिए । यसका साथै नवाज सरिफ विरुद्धको थप कारबाहीको लागि मुद्धा दायर गर्न अदालतले सम्बन्धित निकायलाई आदेश समेत दिएको छ । सरिफको अहिलेको भ्रष्टाचार मुद्धा न्यायाधिस असिफ साइद खोसा नेतृत्वको इजलासले हेरिररहेको थियो ।

यसअघि गत अप्रिल २० मा पनि न्यायाधिस खोसाले प्रधानमन्त्री सरिफ पदमा बस्न अयोग्य रहेको घोषणा गरेका थिए । साथै उनले पाकिस्तानको निर्वाचन आयोगलाई पनि यस विषयमा जानकारी पठाएका थिए । बर्खास्तीमा परेका सरिफ र उनको सन्तानका नाम गतवर्ष पानामा पेपर लिकमा भेटिएको थियो । लिकमा उनका सन्तानको नाम भेटिएपछि सम्पत्तिको स्रोत अनुसन्धानको लागि दबाब बढ्दै गएको भारतीय समाचार  संस्था एएनअाइले जनाएको छ । सरिफका सन्तानले लण्डनमा फ्ल्याट किन्नको लागि केही अफसोर कम्पनी प्रयोग गरेको खुलेको थियो ।

 अफसोर कम्पनी प्रयोग गरि फ्ल्याट किनिएपछि उनीहरुले स्रोत नखुलेको धन लुकाउनको लागि त्यसो गरेको आशंका गरिएको थियो तर सरिफले भने त्यो कुरा नकार्दै आएका थिए । उनले लण्डनमा रहेको फल्याट आफुले वैधानिक रुपले लिएको तर आफुले व्यक्तिगत तरिकाले नकिनेको दाबी गरेका थिए । तर विपक्षीले भने ती सबै सम्पत्ति अवैधानिक तवरले आर्जन गरेको आरोप लगाउँदै उनको राजिनामाको माग गरेका थिए । यसअघि पनि उनीमाथि लागेको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्नको लागि अप्रिलमा एक संयुक्त अनुसन्धान टोली बनाइएको थियो जसले प्रधानमन्त्री सरिफको सम्पत्तिमा व्यापक परिवर्तन फेला परेको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]