भारतका नवनिर्वाचित राष्ट्रपति रामनाथ कोविन्दद्वारा शपथ ग्रहण

साउन १०, काठमाडौं । भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित रामनाथ कोविन्दले आज शपथ लिनुभएको छ । भारतीय संसदको केन्द्रीय भवनमा आज आयोजित एक विशेष समारोहमा कोविन्दले शपथ लिनुभएको हो । गत विहिबार राष्ट्रपतिमा निर्वाचित ७१ बर्षीय कोविन्दलाई प्रधानन्यायाधीश जे.एश खेरले शपथ गराउनुभयो । निवर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पदावधी हिजो सकिएपछि कोबिन्द आज सपथ ग्रहण गरी कार्यभार सम्हाल्नु भएको हो ।

सपथ लिएपछि संसदमा सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दले भारतलाई आर्थिक रुपमा समृद्ध बनाउन र आदर्श मुलुक निर्माणका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रपति कोविन्दले समानता, स्वतन्त्रता र न्यायीक मान्यता कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

 भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रेटीक अलाइन्सबाट उम्मेद्वारी दिएका रामनाथ कोविन्दले ६५ प्रतिशतभन्दा बढी मत हासिल गर्दै नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको हो । कोविन्दलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निकटस्थ मानिन्छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]