भारतका १४ औं राष्ट्रपति बने रामनाथ कोविन्द

 साउन ५, काठमाडौं । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्दको राष्ट्रपति बन्ने प्रक्रियाले बिहीबार औपचारिकता पाएको छ । उम्मेदवारीकै क्रममा उनको जित पक्का देखिएको थियो र बिहीबार औपचारिक घोषणा भएको छ । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ७ लाख २ हजार ४४ अर्थात ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३ लाख ६७ हजार ३१४ अर्थात ३४.३५ प्रतिशत मत पाइन् ।

बिहारको राज्यपाल रहेका कोविन्दको नाम राष्ट्रपतिको उम्मेदवारीको दौडमा खासै चर्चामा थिएन । तर, वीजेपीले रणनीतिक रुपमा उम्मेदवार मात्र बनाएन, जिताएको पनि छ । रामनाथ कोविन्दको जन्म १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुर देहातमा भएको थियो । उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाई पूरा गरेका छन् ।

उनी दिल्ली हाई कोर्टमा १९७७ देखि १९७९ सम्म केन्द्र सरकारको वकिल रहेका थिए । १९८० देखि १९९३ सम्म केन्द्र सरकारको स्ट्ण्याडिङ काउन्सिलमा बसेर काम गरे । दिल्ली हाई कोर्ट र सुपि्रम कोर्टमा उनले १६ वर्ष वकालत गरे । १९७१ मा दिल्ली बार काउन्सिलमा मनोनित भए । १९९४ मा उनी उत्तर प्रदेशबाट राज्यसभाका लागि सांसद चुनिए । उनी १२ वर्षसम्म राज्यसभा सांसद रहे । सादगी जीवनका कारण पनि चिनिने उनले आफ्नो कानपुरको घर दानमा दिएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]