मेरो मन सफा भएर नै यो गित लेखेकी हुँ: अम्बिका शर्मा

Posted: Friday
मेरो मन सफा भएर नै यो गित लेखेकी हुँ: अम्बिका शर्मा

असार ९,  काठमाण्डौं । नेपाली गित संगितको क्षेत्रमा पछिल्लो समय थुप्रै नयाँ–नयाँ प्रयोगहरु हुन थालेका छन् । त्यसरी नै क्यासेट,डिभिडी र सीडी चक्का बिस्थापीत भईसकेको अवस्थामा नेपाली गित संगितहरु अब यूट्यूव तथा सामाजिक संजालमा घन्कीन सुन्न र सजिलै देख्न पाईन्छन् । गितको रीलिीजसँगै यूटयूब च्यानलहरुवाट समेत रिलिज हुन थालेका छन् । यसरी रिलिज भएका गितहरु नयाँ तथा पूराना कलाकारहरुका मात्र नभई बिभिन्न चलचित्रका समेत हुने गरेका छन् । पहिले–पहिले क्यासेटको बिमोचन गरेर चलचित्रका गितहरु सार्वजनिक गरिन्थ्यो भने अहिले सूचना प्रविधिको प्रयोग गरी गितहरु रिलिज हुन थालेका छन् । यसरी रिलिज भएका गितहरु हेर्ने दर्शक पनि सामाजिक संजालमा लाखै–लाख हुने गरेका छन् । यसैवाट पनि लगानीकर्ताले राम्रै पैसा कमाईरहेका छन् ।

यस्तै गितहरु मध्ये पछिल्लो समय निकै चर्चामा रहेको गित हो चलचित्र म यस्तो गित गाउँछुको किन आजकाल तिम्रो मन मैलो भो । यस गितमा स्वर तथा संगित अर्जुन पोखरेलको रहेको छ भने यसको गितका रचयिता हुन् अम्बिका शर्मा,लामिछाने । अहिले यो गितले जति चर्चा बटुलेको छ, त्यो चर्चा बढी मात्रामा चलचित्रले कमाएको छ, तर यस गितका रचयिता अम्बिका शर्मा लामिछाने पेशााले बैंकर तथा समाजसेवी हुन् । हुनत शर्माले यसअघि पनि थुप्रै गितहरु लेखि सक्नु भएको छ  ।

शर्मा लामिछाने भन्छिन् प्रेम गर्नेहरुले सानो–सानो कुरामा शंका गर्ने भएकाले पनि उनिहरुको मन मैलो हुने र उनिहरुको सम्बन्ध दिर्घकालीन नभएको हाम्रो समाजको अवस्थालाई चित्रण गर्दै आफुले यो गित रचना गरेको हो । शर्माले थपिन्–मेरो मन पनि सफा छ, मेरो ब्यवहार पनि सफा छ र सबैको मन सफा भयो भने मात्रै देश समृद्ध हुने उहाँको ठम्याई छ । भनिन्छ पर्दा पछाडीका हिरो कहिल्यै चर्चामा आउँदैनन्, त्यस्तै हुन्छ रचयिताको हकमा पनि  । तर शर्मा भने आफ्नो शोखका कारण यो गित लेखेको र यस गितले चलचित्र रिलिज हुनुभन्दा पहिले नै दर्शकहरुको मन जित्न सफल भएकोमा भने दंग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,पूजा शर्मा र पल शाहको अभिनयले मेरो गितलाई जिवन्तता दिएको छ, म धेरै नै खुशी छु । सुदर्शन थापा प्रोड्क्सनले निर्माण गरीरहेको नेपाली चलचित्र म यस्तो गित गाउँछु असार ३१ गते अर्थात जुलाई १४ मा रिलिजको तयारीमा छ । यस गितको कोरीयोग्राफर ककिराज गहतराज रहेका छन् भने यसको सिनेम्याट्रोग्राफर संजय लामा रहेका छन् । यसको सम्पादन प्रितम पाण्डेले गरेका छन् । अहिले यस गितले निकै चर्चा बटुलीरहेको छ । बाँकी चलचित्र कस्तो बनेको छ त्यो हेर्न भने असार ३० गतेसम्म् प्रतिक्षा गर्नु पर्नेछ ।