चलचित्र प्रेमगीत -२ को ट्रेलर सार्वजनिक : पहिलो संस्करणकै कथाले निरन्तरता पाएको अनुमान

Posted: Monday
चलचित्र प्रेमगीत -२ को ट्रेलर सार्वजनिक : पहिलो संस्करणकै कथाले निरन्तरता पाएको अनुमान

असार ५,काठमाडौं  । चलचित्र प्रेमगीत -२ को ट्रेलर सार्वजनिक भएको छ ।सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा प्रेमगीत २’मा पहिलो संस्करणकै कथाले निरन्तरता पाउने संज्ञा फिल्म निर्देशकले दिएका छन् । उनले फिल्मको कथाले निरन्तरता दिनु नै फिल्मको विशेषता रहेको बताए।

निर्देशकका अनुसार प्रेमको लागि हुने द्वन्द्व हो प्रेम गीत।’ सार्वजनिक ट्रेलरले पनि निर्देशकको भनाई पुस्टी गर्छ जसमा प्रेम, बिछोड, द्वन्द्वको मिश्रण छ। फिल्ममा सस्पेन्स राख्न खोजिएको द्वन्द्वको दृश्य लिक भएपछि ट्रेलरम पनि सो पाटो देखाइएको हो। द्वन्द्वको दृश्य बोल्ने फोटोहरु फिल्मकै क्रु मेम्बरबाट सार्वजनिक भएको थियो।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई पुरुपोत्तम प्रधानले खिचेका हुन् भने फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। साउन १३ गते प्रदर्शनको तयारीमा रहेको छ।