कुकुरलाई पनि लाग्यो फिल्म हेर्न लत

Posted: Friday
कुकुरलाई पनि लाग्यो फिल्म हेर्न लत

असार २, काठमाडौँ । एउटा कुकुर फिल्म हेर्न लतमा फसेको छ । कुनै दिन फिल्म हेर्न पाएन भने यो कुकुर बौलाएको जस्तो हुन्छ । अझ रोचक कुरा त के भने यो कुकुर एक्लै बन्द कोठाभित्र बसेर फिल्म हेर्न मन पराउँछ ।

यसले अहिलेसम्म १ सयभन्दा बढि फिल्म हेरिसकेको छ । ऊ फिल्म हेरेर खुबै रमाउँछ र फिल्मका खतरनाक दृश्यहरुमा भुकेर प्रतिक्रिया जनाउँछ ।

अझ अनौठो कुरा त के भने यो कुकुरलाई भूतवाला फिल्म अर्थात् हरर फिल्म मात्र मन पर्दछ । फिल्म हेरिरहँदा उसको रिएक्सन ठ्याक्कै मान्छेको जस्तो हुन्छ ।

खालीसी नामक यो इंगलिस बुल डग प्रजातिको कुकुर अमेरिकाको भएको विश्वास गरिएको छ ।

यो कुकुरले हरर फिल्म हेरिरहेको र फिल्मको पात्रलाई भूतले तर्साउने खतरनाक चरणमा भुकेको दृश्य सहितको भिडियो सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ ।

यो कुकुरका मालिकले यु ट्युबमा राखेको भिडियोको व्याख्या गर्दै खालिसीले हरर मूभी हेर्न मन पराउने र फिल्ममा समस्यामा परेको पात्र वा पीडितको सहयोगका लागि भुक्ने बताएका छन् । खासगरी फिल्मका बाल कलाकारहरु जब खतरामा परेको दृश्य आउँछ तब यो कुकुर भुक्ने गर्दछ ।