चलचित्र धनपतिको नयाँ गित सार्वजनिक

Posted: Friday
चलचित्र धनपतिको  नयाँ गित सार्वजनिक

असार २,काठमाडौं   नेपाली चलचित्र धनपतिको नयाँ गित सार्वजनिक भएको छ। सुखदुख नामको उक्त गित हाइलाइटस नेपालद्वारा युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तका साथमा एक बालिकालाई देख्न सकिन्छ । यस गीतमा आधा सुर र सारदा अधिकारीको स्वर रहेको छ  । 

‘धनपति’लाई खगेन्द्र लामिछानेले लेखेका हुन् भने दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् । खगेन्द्र लामिछाने आफैँले लेखेको कथामा खगेन्द्र स्वयम् मुख्य चरित्रमा छन् भने उनको अपोजिटमा सुरक्षा पन्त छिन् । तराइबाट काठमाडौं आएर संघर्ष गर्ने एक व्यक्ति र उसको परिवारको कथामा बनेको चलचित्र ‘धनपति’ को कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र ‘धनपति’ असार २३ गते रिलिज हुँदैछ ।