उज्वेकिस्तानलाई हराउंदै इरान बिश्वकप फुटबलमा छनोट

जेठ ३१,तेहरान । अर्को वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा इरान छनोट भएको छ । सोमबार राति भएको खेलमा उज्वेकिस्तानलाई २-० गोलले हराउँदै इरान सन् २०१८ को विश्वकपमा छनोट भएको हो । रुस विश्वकपमा छानिने इरान पहिलो एसियाली राष्ट्र पनि बनेको छ । यसैगरी इरानी टोली रुस विश्वकपमा छानिनले दोस्रो टोली हो । यसअघि ब्राजिल उक्त विश्वकपमा छनोट भइसकेको छ ।

अजादी स्टेडियममा भएको खेलमा इरानलाई विजयी बनाउन पहिलो हाफको २३औं मिनेटमा सरदार आजमुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विपक्षी टोलीमाथि लगातार दबाब बनाएको इरानले दोस्रो गोल खेलको ८८औं मिनेटमा गर्‍यो । मेहदी तारेमीले आकर्षक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यसैगरी विश्वकप छनोटको तेस्रो चरणमा समूह ‘ए’ मा रहेको इरानले छैटौं जित निकाल्ने क्रममा उज्वेकिस्तालाई स्तब्ध पार्दै आठ खेलबाट २० अंक जोडेको छ । तेस्रो स्थानमा रहेको उज्वेकिस्तानको १२ अंकमात्र छ । यही समूहमा रहेको दक्षिण कोरिया सात खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थान कब्जा गरेको छ ।

 

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]