भारत पाकिस्तानबीच हुने क्रिकेट ब्यापारिक हिसाबमा पनि अब्बल

जेठ १७,काठमाडौँ । भारत र पाकिस्तानबीच आयोजित क्रिकेटलाई लिएर बिश्वभरी चर्चाको बिषय हुने गरेको छ ।  यसपालिको च्याम्पियन्स ट्रफीमा पनि यसका केही झलक खेल सुरु हुनभन्दा अगाडि नै देखिन थालेको छ । भारत र पाकिस्तान च्याम्पियन्स ट्रफीअन्तर्गत आउँदो आइतबार मैदानमा उत्रिने भएका छन्।

यी दुई देशबीचको खेललाई लिएर अहिलेदेखि नै विश्वव्यापी चासो बढिसकेको छ। अझ व्यापारीक हिसाबले पनि यी देशबीच हुने खेलका लागि नयाँ वातावरण बन्दै गइरहेको छ।  खेलकुदको गतिविधिलाई लिएर अध्ययन गर्ने कम्पनी स्पोर्टी सलुसन्स र इनसाइडस्पोर्टले भारत र पाकिस्तानबीचको खेललाई लिएर गरेको नयाँ अध्ययन अनुसार टेलिभिजनमा १० सेकेन्डको विज्ञापन गर्न कम्पनीहरुले २७ देखि ३० लाख भारु खर्चिन तयार देखिएका छन्।

त्यस्तै स्पोर्टी सलुसन्सका सिइओ आशिष चड्ढाका अनुसार विश्व चर्चित कम्पनीलाई आफ्नो उत्पादनको प्रचारप्रसार गर्न भारत–पाकबीचको खेल सबैभन्दा प्रभावशाली रहेको छ । उनले विगत २ वर्षको तुलनामा यी दुई देशबीचको खेलमा ५० प्रतिशतको हिसाबले रकम बढेको बताए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]