श्रीलङ्कामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७७ पुग्यो

जेठ १६,काठमाडौँ । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको विपद व्यवस्थापन निकायले जनाएको छ।

बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन्।उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यरत सयौं तालिमप्राप्त जनशक्तिको परिचालन गरिरहेको छ। बाढीले करिब दुई हजार घरमा पूर्ण क्षति पुर्याएको छ भने बाढीग्रस्त क्षेत्रका मानिसलाई खाद्यान्न लगायतका आधारभूत सामग्रीको आवश्यक देखिएको छ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्वीपका दक्षिणी र पश्चिमी क्षेत्रहरूका समथर क्षेत्रमा गत शुक्रबार आएको बाढीपहिरो १४ वर्ष यताकै ठूलो हो।समथर भूभाग भएका तल्ला इलाका अझै पनि डुबानमा परेका छन्।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरूको खोजीलाई निरन्तरता दिएको छ। रासस /सिन्ह्वा

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]