भारतीय लडाकु जहाज चिनको सिमानामा खस्यो, दुई पाइलट बेपत्ता

जेठ १२,काठमाडौा । भारतीय वायु सेनाको एउटा लडाकू जहाज उत्तरी छिमेकी चीनको सिमानामा खसेको छ । तीन दिनअघि चीनको सिमानामा वेपत्ता भएको भारतीय वायुसेनाको फाइटर सुखोई-३० भग्नावाशेष फेला परेको हो ।

तीन दिनअघि भारत(चीन सिमाना नजिकै इन्डियन एयरफोर्सको सुखोई(३० वेपत्ता भएको थियो  ।जहाजको भग्नवाशेष त्यही स्थानमा मिलेको छ जहाँबाट जहाज सम्पकर्कविहीन भएको थियो । । उक्त लडाकु जहाजमा दुईजना पाइलट सवार थिए ।

एयरक्राफ्ट नियमित तालिम मिसनमा हिडेको जहाज असम राज्यको तेजपुरबाट बिहान १० बजेर ३० मिनेटमा उडेको थियो । साढे ११ बजे यसको रेडियो र राडारबाट सम्पर्क टुटेको थियो । जहाज हराएपछि खोजी तीब्र पारिएको छ तर अहिलेसम्म पाइलटहरुबारेमा केही पनि सूचना आएको भने छैन ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]