उत्तर कोरीयाले फेरी गर्यो मिसाइल टेस्ट

जेठ १,काठमाडौँ । शनिवार गरेको मिसाइल अनुसन्धानमा उत्तर कोरीयाले यो एउटा नयाँ प्रकारको रकेट थियो जुन ठुलो परमाणु वारहेड लिएर जानेमा सक्षम छ ।

आकाशमा गएको उक्त मिसाइल २००० कि।मी को उचाइ सम्म पुग्न सफल भयो ।  ७०० किलोमिटर सम्म यात्रा गर्न सफल भएको उक्त मिसाइल जापानको पश्चिमी सागरको किनारामा गएर खसेको थियो ।
उत्तरकोरीयाले सोमबार भन्यो यो टेस्ट गर्नुको मुख्य उद्देश्य नयाँ विकास भएको बैलिस्टीक रकेटको सक्षमता थाहा पाउनको लागि रहेको थियो । यो वर्ष उत्तर कोरीयाले परमाणु प्रक्षेपण धेरै गरिसकेको छ जसले गर्दा संसारभरका मानिसहरु माझ चिन्ता बढ्न थालेको छ भने अमेरीका भने उक्त प्रक्षेपणले गर्दा चिन्तीत भइसकेको छ । यही विषयलाई लिएर अमेरिका र जापानले मंगलबार संयुक्त राष्ट्र सघंको सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरेको छ । विविसी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]