भारतको सर्वोच्च अदालतले बलत्कार गर्ने अपराधीलाई फासी सजाय यथावत राख्यो

बैशाख २२,काठमाडौँ । भारतको सर्वोच्च अदालतले समुहकृत बलात्कार गरेर मार्र्नेे ४ जना अपराधीलाई फासीको सजाय कायम राखेको छ । ती अपराधीहरुले सन् २०१२ मा एक विद्यार्थीको ग्याङ रेप गरेका थिए ।

अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेस गरेर ४ जनालाई अदालतले सन् २०१३ मा फासीको सजाय सुनाएको थियो । उक्त घटनाले गर्दा भारतमा मानिसहरु एकदम आक्रोशित बनेका थिए । साथै देशले बलात्कार विरुद्धको नयाँ कानुन समेत बनाएको थियो । २३ वर्षिया विद्यार्थी आफ्नो साथी सगँ फिल्म हेरेर बसमा फर्कदैँ गर्दा उक्त घटना घटेको थियो । उनको साथीलाई घाइते समेत बनाइएको थियो ।
उनको आमाले सन् २०१५ मा उनको नाम ज्योती सिहं भनेर खुलासा गरेकी थिइन् । त्यसको १५ दिन पश्चात उनको एक हस्पिटलमा मृत्यु भएको थियो । जस्टीस भानुमती को अध्यक्षतामा रहेको तिन सदस्यीय टोलीका अनुसार यस्तो अपराधको लागि कुनै पनि हालतमा माफी दिन सकिदैन , यदी कुनै केसमा मृत्युको सजाय हुन सक्छ भने यही केसमा हो । विविसी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]