दक्षिण एसीयाली भू-उपग्रहको औपचारिक सुरुवात आजबाट

बैशाख २२,काठमाडौँ । भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले दक्षिण एसीयाली भु उपग्रहको औपचारिक सुरुवात शुक्रबारबाट हुने भएको छ । उपग्रहको उपयोग दुरसञ्चार, दैवीप्रकोप, टेलिएजुकेसन, टेलिमेडिसिन र दैवीप्रकोप व्यवस्थापनमा प्रयोग हुनेछ ।

भारतीय संचारमाध्यमाका अनुसार आज साझँ ५ बजे यसको औपचारिक सुरुवात हुने भएको छ । यसबाट नेपाल, भुटान, भारत, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानले फाइदा लिने छन् । यसको क्षमता २२३० केजी क्षमताको रहेको छ भने यसको निर्माणको लागि २३५ करोड खर्च भएको भारतको स्पेस एजेन्सीले जानकारी दिएको छ । यस भू(उपग्रहको अवधी १२ वर्ष रहने छ ।

मोदीले एक रेडियो कार्यक्रममा भनेका थिए यो स्याटलाइट भारतको तर्फबाट छिमेकी मुलुकहरुलाई उपहार हो । यस अगाडि काठमाडौंमा भएको सार्क सम्मेलनमा मोदीले सो स्याटलाइट बनाउने घोषणा गरेका थिए । तर पाकिस्तानले भने सो स्याटलाइटको अंग नहुने घोषणा गरेको छ । सुरुमा यसलाई सार्क स्याटलाइट भनिएपनि पाकिस्तान सहभागी नहुने भएपछि दक्षिणी एसियाली स्याटलाइट भनिएको हो । भरतका लागि नेपाली राजदुत दीपककुमार उपाध्यायका अनुसार सो स्याटलाइटले नेपालको आर्थिक तथा सामाजिक बिकासमा सहयोगी भुमिका खेल्नेछ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]