१५ थान मानव खप्परसहित भारतीय नागरिक झापामा पक्राउ

बैशाख १९,झापा । झापा प्रहरीले भारतीय नागरिकलाई पूर्वी नाका काँकडभिट्टावाट १५ थान मानव खप्परसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भन्सार चेकपोष्ट नजिकैवाट भारत खोरीवारी गोरसिंहजोतका ६६ वर्षीय भगिरथ सिंहलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले झोला वोकेर नेपाल प्रवेश गरेका सिंहलाई शंका लागेर जाँच गर्दा मानव खप्पर फेला परेको जानकारी दिनभुयो । प्रहरीले अभियुक्त सिंहलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिरहेको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]