किङ्स–११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले हरायो

बैशाख ११, काठमाडौँ । इन्डियन प्रिमियर लिगमा किङ्स–११ पन्जाबले गुजरात लायन्सलाई २६ रनले हराएको छ। यसअघिको खेलमा ओपनर हासिम अमलाले अविजित १ सय ४ रनको योगदान गरे पनि पन्जाब मुम्बई इन्डियन्ससँग ८ विकेटले पराजित भएको थियो।
तेस्रो ओभरमा ओपनर मनन बोहरा २ रनमा आउट भएका थिए। तर अमलाले पन्जाबको इनिङ सम्हालेका थिए। म्यान अफ द म्याच अमलाले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए। गुजराती बलरमाथि हाबी देखिएका अमलाले ६५ रन बनाए। पन्जाबका लागि आक्रामक ब्याटिङ गरेका ग्लेन म्याक्सवेलले ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए। अक्षर पटेलले ३४, सन मार्सले ३० रन बनाए। गुजरातका एन्ड्री टाइले २ विकेट लिए। जबाफमा गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन मात्र जोड्न सक्यो। गुजरातका लागि दिनेश कार्तिकले अविजित ५८ रनको योगदान गरे पनि टोलीलाई सफलता दिलाउन सकेनन्। कप्तान सुरेश रैनाले ३२ रन जोडे। पन्जाबका सन्दीप शर्मा, केसी कारिप्पा र अक्षरले समान २ विकेट लिए। यसै गरी शनिबार बेलुकी मुम्बईले घरेलु मैदानमा दिल्ली डेरडेबिल्सलाई १४ रनले पराजित गरेको छ। सुरवातमा ब्याटिङ गरेको मुम्बईले १ सय ४२ रन बनाएको थियो।

तर बलरले कडा मेहनत गरेपछि मुम्बईले सानो स्कोरलाई रक्षा गर्दै सफलता हात पार्यो। मुम्बईले यसअघि २०१३ को आइपिएलमा १ सय ५० रन बनाएको थियो। मिचेल म्याकक्लिगनले तीन विकेट लिएपछि दिल्लीले ६ विकेट गुमाउँदा २४ रन मात्र जोडेको थियो। ‘हामीले सही समयमा सही मिहिनेत गरेका थियौं। बलमा हामीले नियन्त्रण राख्यौं,ु मिचेलले भने, ‘हामीले धेरै खेल खेलेका छौं। जसमा हामी जित्छौं भन्ने लाग्दैन। हामीसँग राम्रो आत्मविश्वास थियो। तर हामीमा दम्भ थिएन। जुन टोलीमा भएको राम्रो कुरा हो।ु मिचेलले कप्तान रोहित शर्माको तारिफ गर्दै उनमा उत्कृष्ट नेतृत्वक्षमता भएको बताए। मिचेलले थपे, ‘मैदानभित्र र बाहिर रोहितमा राम्रो नेतृत्व गर्न सक्ने क्षमता छ। उनलाई थाहा छ कोही दिन उनका लागि हँदैन। तर पनि उनमा असाधारण रूपमा आत्मविश्वास थियो।

पहिलो खेल हारेको मुम्बईले शनिबारको जितसँगै आइपिएल इतिहासमा लगातार ६ खेल जित्दै उत्कृष्ट सुरुआत गरेको छ। मुम्बईका लागि ओपनर जोस बटलरले २८, किरोन पोलार्डले २६ र हार्दिक पाण्डेले २४ रन बनाए। दिल्लीका अमित मिश्रा र पाट कुमिन्सले समान २ विकेट लिए। जबाफमा दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २८ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि क्रिज मोरिजले अविजित ५२ रन बनाए।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]