राष्ट्रपति भण्डारीद्धारा भारतको यमुना उद्यानमा वृक्षरोपण

वैशाख ५, नयाँदिल्ली । मित्र राष्ट्र भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकी छिन्।

कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकी हुन् । राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी थिइन्।

यसअघि आज बिहान राष्ट्रपति भण्डारीले यहाँस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् । रासस

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]