‘निर्वाचनमार्फत नेपाल स्थिरतातर्फ जाओस’–भारतीय नेताहरु

भरत केसी,वैशाख ४,नयाँदिल्ली (भारत) । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा आज राजधानी आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय राष्ट्रपति भवनमा भारतका विभिन्न राजनीतिक दलका नेताले भेट गरेको छ ।भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा आज अपराह्न यहाँ आइपुगेका राष्ट्रपति भण्डारीसँग नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवाल, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीले अलग अलग भेट गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमणले दुई निकट छिमेकी देशबीचको सम्बन्ध अझै प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालमा लोकतन्त्र संस्थागत गर्न भारत र भारतीय जनताको हिजोका दिनमा जस्तै सहयोग र शुभेच्छा रहने अपेक्षा गरे । राष्ट्रपति भण्डारीसँगको भेटमा नेताहरुले नेपालमा शान्ति, स्थिरता र विकासमा आफूहरुको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

उनीहरुले नेपालमा लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन मार्फत संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएको र यसमा आफूहरुको सदैव शुभेच्छा रहेको पनि बताएको थियो ।भारतीय नेताहरुले नेपालमा अझै पनि स्थिरता, विकास र लोकतन्त्रको संस्थागत विकास हुन नसकेकामा चिन्ता व्यक्त गर्दै निर्वाचन मार्फत मुलुक स्थिरतातर्फ जाओस् भन्ने कामना गरेका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]