दशगजा क्षेत्रमा भारतले सडक निमार्णको कामलाई तिब्रता दियो

चैत्र २२, काठमाडौँ । दशगजा क्षेत्रको सीमावर्ती भारतीय जिल्ला पिलीभित देखि महराजगन्जसम्म भारतले सडक निमार्णको कामलाई तिब्रता दिएको छ । अवैध कारोबार र आतंकवाद रोक्न मद्दत पुग्ने सोचेर भारत सरकारले यस्तो निर्णय गर्न लागेको कुरा जानकारीमा आएको हो ।

सडक निर्माणअन्तर्गत पिलिभितमा ३७, लखिमखिरीमा १ सय २४, बहराइचमा १ सय १८, श्रावास्तीमा ६४, बलरामपुरमा ८४, सिद्धार्थनगरमा ७५ र महारागन्जमा ६७ किमि सडक निर्माण गर्न लागेको हो । सडकमा २७ वटा ठूला पुल निर्माण हुने लोक निर्माण विभागले जनाएको छ । यसैगरी २ सय ५९ साना पुल निर्माण गरिनेछ । यसका लागि भारत सरकारले २१ सय करोड लगानी गर्ने भएको छ ।

स्थानीय प्रशासनका अनुसार सडक निर्माणका लागि भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षमा रहेका रूख काट्न सुरु भएको छ । दशगजा नजिक केही स्थानमा रहेका साना बुट्यान कटान गर्न समेत सुरु भइसकेको छ । भारत सरकारले यसलाई सीमान्त रोड नामकरण गरेको छ । सडक २५ मिटर चौडा र ३ मिटर अग्लो हुने जनकारीमा आएको छ ।

सडक ३ मिटर अग्लो निर्माण गरिए नेपालका सीमावर्ती क्षेत्र डुबानको उच्च जोखिममा हुने स्थानीयको गुनासो रहेको छ । प्रजिअ विष्णुबहादुर थापाले भारतीय अधिकारीबाट चाँडै सीमावर्ती क्षेत्रमा सडक निर्माण हुने जानकारी पाएको र सडक निर्माणबाट नेपाली भूमि डुबानबारे अध्ययन गरी आवश्यक पहल गर्न पराराष्ट्र मन्त्रालयमा पत्राचार गरिने जनाएका छन् ।

केही दिन अघि भारत सरकारले आतंकबाद रोक्नका लागि पाकिस्तान र बगंलादेशमा पर्खाल लगाउने निर्णय समेत गरेको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]