पाकिस्तानको एक मन्दीरमा २० जनाको हत्या, कयौँ घाइते

चैत्र २०, काठमाडौँ । पाकिस्तानको सारगोधा शहरमा रहेको सुफि भन्ने धार्मिक स्थल नजिकै २० जना मानिसहरुको हत्या गरिएको छ साथै कयौँ घाइते भएका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका एक प्रहरीले जानकारी दिए अनुसार मन्दिरका रक्षक अब्दुल वजिदलाई घटनाको विषयलाई लिएर संकाको घेरामा राखिएको छ ।
उक्त मन्दीर सुफि सन्त र मोहमद अली गुज्जार बाट संचालनमा रहेको थियो । घटना भएको दिनमा उनीहरु दुबै अनुपस्थीत रहेका थिए । घटनामा एक बाचेका व्यक्तीका अनुसार वजिदले आफ्नो कक्षमा एक एक जनालाई बोलाएर विषयुक्त खानेकुरा खुवाएका थिए । वजिद लगायत उसका सर्मथकले छुरी प्रहार समेत गरेका थिए ।
एक महिला उक्त घटना बाट भाग्न सफल भइन् र प्रहरीलाई संकेत दिन सफल भइन । त्यहाँको स्थानीय प्रहरी उक्त संकेत पछि मन्दिरमा गएका थिए । साथै उनीहरुले वजिद र उसका साथीहरुलाई समेत पक्राउ गरेका थिए । ५० बर्षका मन्दिरको हेरचाह गर्ने वजिद मानसिक सन्तुलन ठिक नभएको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।
वजिदले ती मानिसहरु उसलाई मार्न आएको हुनसक्ने ठानेर आफुले मारेको स्वीकारेका छन् । पाकिस्तानी जियो टेलिभिजनका अनुसार ती मानिसहरुलाई पहिला पिडा दिएर मारिएको थियो । उनीहरुको शरिरमा लुगा समेत थिएन । तीन जना मानिसहरु घटना स्थल बाट भाग्न सफल भएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]