एसिसी इमर्जिङ कप क्रिकेट, नेपाललाई हङकङले दियो २१५ रनको चुनौती

चैत्र १७, काठमाडौं । एसिसी इमर्जिङ कपको अन्तिम खेलमा नेपाललाई हङकङले २१५ रनको चुनौती दिएको छ। बंगलादेशमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाउन सक्यो। खेलको सुरुमा हङकङविरुद्ध नेपाली बलरले दवाब पार्न सकेनन्।

कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की, सुमन भारी, अविनाश कर्णले दुई(दुई विकेट लिए। सन्दीप लामिछानेको पोल्टामा एक विकेट पर्यो । २१ ओभरमा पहिलो विकेट पतन हुँदा हङकङ ९५ रनको स्थितिमा थियो। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले हङकङका कप्तान अंशुमान राथलाई आउट गरेका थिए। त्यस लगत्तै उनले २३ औं ओभरमा ओपनर क्यामरन एमकुलसनलाई आउट गर्दै हङकङविरुद्ध दवाब बढाएका थिए।

नेपालका लागि सन्दीप लामिछानेले २४ औं ओभरमा तेस्रो विकेट लिए। निजाकात खान ६ रनको स्थितिमा सन्दीपद्वारा आउट भए। त्यसपछि चौथो विकेटका लागि नेपालले १० ओभर पर्खिनु पर्यो । ९ रन बनाएका बबर हायतलाई ३४ औं ओभरमा भुवन कार्कीले आउट गर्दै १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २ विकेट लिएर ५३ रन दिए।

नेपाल एसिसी इमर्जिङ कपबाट बाहिरिई सकेको छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटको नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।

एसियाका टेस्ट राष्ट्रका यु–२३ टोलीसहित चार एसोसिएट राष्ट्र सम्मिलित प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। सुरुका दुई हारले सेमिफाइनलको ढोका बन्द भइसकेको छ । नेपालका लागि हङकङसँगको अन्तिम खेल प्रतिष्ठाका लागि मात्रै हो।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]