टस जितेर नेपाल हङकङविरुद्ध फिल्डिङ गर्दै

चैत्र १७, काठमाडौं । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले पहिले ब्याटिङ गरेको छ।
बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ कपको समूह चरणबाटै बाहिरिसकेका नेपाल र हङकङबीच अहिले प्रतिष्ठाको लागि खेल भइरहेको छ ।

पहिलो खेलमा बंगलादेशसँग ८ विकेटको हार बेहोरेको हङकङ दोस्रो खेलमा पाकिस्तानसँग ४४७ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेट तथा दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।

सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ कपमा नेपालले समूह चरणको तिनवटै खेलमा पराजय भोगेको थियो। त्यसैले पनि हङकङ विरुद्धको खेल नेपालको लागि विशेष रहेको छ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]