इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाललाई बंगलादेशले दियो २५८ रनको लक्ष्य

चैत्र १५, काठमाडौं । नेपालले इमर्जिङ टिम्स कप क्रिकेटमा मंगलबार बंगलादेश यू–२३ बाट २५८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको हो ।

नेपाली बलरले बंगलादेशीको ९ विकेट लिएका थिए । नेपालका बलर अभिनाश कर्ण बंगलादेशका प्रारम्भिक ब्याट्स्म्यानलाई सुरुवाती ओभरमै पेभेलियन फर्काउन सफल भएपछि बंगलादेशलाई नेपालले सस्तोमै समेट्न सफल भएको थियो । कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २ विकेट लिएर उनलाई साथ दिए ।

मेहबुब आलम, दीपेन्द्र एेरी र ज्ञानेन्द्र मल्लले पनि १–१ विकेट लिएका थिए । बंगलादेशका लागि नासिर हुसैनले अविजित १०९ रन बनाएका थिए भने अर्का ब्याट्स्म्यान मोमिनुल हकले ६१ रन बनाएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]