दलाई लामाले बिगारे भारत र चिनबिचको सम्बन्ध

चैत्र ८, काठमाण्डौं । तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको  सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो ।

पीटीआइले चाइना टुडेको हवला दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङछिङले संवाददाता सँग भनेकी छिन्, ‘चीनको विरुद्धमा उभिने दलाइ लामालाई भारतले बौद्धिष्ट सेमिनारमा बोलाएर सम्मानन दिएको छ ।  यसमा चीन विरोध र तीव्र असन्तुष्ट व्यक्त गर्दछ। उनले भनेकी छिन्, ‘ तिब्बत र यससँग सम्बन्धित प्रश्नकप्रति प्रतिवद्धता जनाउँदै भारतमा चीन विरोधी गतिविधिलाई रोक्नत आग्रह गर्दछु ।  भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’

तिब्बती बौद्ध धर्मगुरू दलाइ लामालाई अन्तर्राष्ट्रिय बौद्धिष्ट सेमिनारमा बोलाएपछि चीन र भारतको सम्बन्धमा चिसोपना आएको छ । भारतीय समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार दलाइ लामालाई बिहारको एक बौद्धिष्ट सेमिनार उद्‌घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो । धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा राजधानी बौद्ध धर्मबाट एउटा अन्तराष्ट्रिय बौद्ध गोष्ठीको उद्‌घाटन गरेका थिए ।

राजधानी पटनादेखि करीब सय किलोमिटरको दूरीमा रहेको छ । विभिन्न् देशका बौद्ध भिक्षु तथा विद्वानले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सेमिनारमा छलफल गरेका थिए। यही महिनाको सुरुमा चीनले भारतको अरुणाचल प्रदेशमा आउन दलाइ लामालाई अनुमति दिने बारेमा विरोध गरेको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]