दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा नेपाललाई पदक

पुष ५, काठमाडौं ।  भारतमा सम्पन्न दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा नेपाललाई पदक प्राप्त भएको छ। मङ्सिर २४ देखि पुष ४ सम्म सन्चालित प्रतियोगिता भाग लिएको नेपाली टोली पदक सहित पुष ५ गते नेपाल आइपुगेको हो। टोलीका लागि चेल्सी ईन्टरनेशनल एकेडेमीका विजय चन्द्र लुईटेलले ‘अनररी मेन्सन’ पदक जितेका हुन्। उक्त प्रतियोगितमा नेपाल लगायत ४२ देशका २३४ विद्यार्थीले भाग लिएका थिए।
award1यस बर्ष जेठ २९ गते देखि भदौ १५ सम्म सन्चालित ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’ प्रतियोगितामा काठमाडौं, बिराटनगर, चितवन र पोखराका जम्मा १८८ जना विद्यार्थीले आवेदन दिएका थिए भने उत्कृष्ट पाँच विद्यार्थीलाई नेपाली टोलीमा सामेल गरिएको थियो। नेपाली टोलीको नेतृत्व सुरेश भट्टराई तथा मनिषा द्वाले गर्नुभएको थियो।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]