यु–१९ एसिया कप क्रिकेट – भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

पुस १,काठमाडौं । उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अर्को टेस्ट खेल्ने राष्ट्र भारतको सामना गर्दैछ । कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको छ ।

हिजो भएको खेलमा श्रीलंकासँग नेपाल जीतको नजिक पुगेर एक रनको झिनो अन्तरले पराजित भएको थियो । श्रीलङ्काले नेपाललाई दिएको २२८ रनको चुनौती पछ्याउने क्रममा नेपालले अन्तिम ओभरमा २२६ रनमा आलआउट हुन पुग्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरेले सर्वाधिक ९० रन बनाए पनि अन्तिम ओभरमा आउट हुँदै नेपाललाई जित दिलाउनबाट बञ्चित रहे । श्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् । त्यसैगरी समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]