संविधान शंशोधन विधेयक नेपालको, बिज्ञप्ती आयो भारतको

मंसिर १९, काठमाडौं । भारतले नेपालको संविधान संशोधनका लागि संसदमा विधेयक पेश हुनुलाई एउटा महत्वपूर्ण कदम भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उधृत गर्दै नेपालस्थित भारतीय दूतवासले संविधान संशोधनको विधेयक आएसँगै सबै पक्ष यसमा समेटिने आशा व्यक्त गरेको छ । दूतावासले यो विधेयक सफलतापूर्वक निष्कर्षमा पुग्ने अपेक्षा गरेको छ ।

नेपालको एक निकट छिमेकी हुनुको नाताले भारत यहाँको शान्ति, स्थिरता र विकासप्रति सधैं सहयोगी रहेको समेत दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि शनिवारमात्रै भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दूतावासमै बोलाएर दिवाभोज दिएका थिए । उनले मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्न सुझाव दिएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेटेका राजदूत रायले एमाले बाहेक पनि संसदमा दुई तिहाई बहुमत पुर्‍याउन मधेसी मोर्चाले सघाउने आश्वासन दिएको स्रोतले जनाएको छ । भारतले नेपालको संविधान अझै समावेशी हुन नसकेको भन्दै स्वागत गरेको छैन । उसले असन्तुष्ट सबैलाई समेटिने गरी संशोधन गर्न सुझाव दिँदै आएको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]