लुम्बिनीमा विश्वकै ठूलो थान्का आजदेखि प्रदर्शनीमा

मंसिर ११, लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का आजदेखि प्रदर्शनीका लागि राखिएको छ । दुई दिनका लागि विश्वकै ठूलो ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ भएको थान्का प्रदर्शनीका लागि लुम्बिनीमा राखिएको हो । नेपाल–जापान कूटनीतिक सम्बन्धको ६० वर्ष पूरा गरेको अवसरमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वकै ठूलो थान्का प्रदर्शनीका लागि राखिएको हो । थान्का लुम्बिनीको हेलिप्याडमा प्रदर्शनीका लागि राखिएको छ ।

थान्का प्रदर्शनी कार्यक्रममा धर्म स्वामी बुद्ध विहार लुम्बिनीका प्रमुख धर्मगुरु टाक्य विष्ट लामाले विश्व शान्तिको कामना गरे । थान्का प्रदर्शनी कार्यक्रममा थान्का बनाउन विशेष भूमिका खेल्ने नेपाल बौद्ध संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली र एनपिओ एम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीले उक्त थान्का नेपालमै बुद्ध जन्मस्थल लुम्बिनीमा राख्न पहल गर्न नेपाल सरकारसँग आग्रह गरे ।

रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले लुम्बिनीमा थान्का राख्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि सरोकारवाला निकायलाई अग्रसरता देखाउन आग्रह गरे।

नेपाल बौद्ध महासङ्घ रुपन्देही तथा प्रदर्शनी मूल व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर गुरुङले बुद्ध जन्मस्थल लुम्बिनीमा उहाँकै जन्मदेखि समबोधिलाभ, धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाणसम्मका घटना उल्लेख भएको थान्का प्रदर्शनी हुनु अत्यन्तै महत्वपूर्ण भएको भन्दै त्यसलाई लुम्बिनीमा राख्नुपर्नेमा जोड दिए ।

प्रदर्शनी व्यवस्थापन समितिका सदस्य कमल थापाले पहिलो दिन करिब ३० हजार जनाद्वारा थान्का अवलोकन भएको जानकारी दिए । यो समय लुम्बिनीमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने भएकाले करिब ५० हजारदेखि एक लाखसम्मले अवलोकन गर्ने व्यवस्थापन समितिले अपेक्षा गरेका छन् । थान्का अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]