सुरक्षित मातृत्वका लागि सरकार कटीबद्ध– उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र नीधि

कार्तिक २८, काठमाण्डौं । सरकारमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र नीधिले सुरक्षित मातृत्वको कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागि देशका ७५ वटै जिल्ला र देशका कुनाकन्धरामा कार्यक्रमहरु लैजानु आवश्यक भएको बताएका छन् । सुरक्षित मातृत्व संजाल महासंघ नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री निधीले अलिे वपनि देशैभर सुरक्षित मातृत्वका लागि कार्यक्रमहरु संचालन भईरहेको भएता पनि घरमै सुत्केरी गराउने प्रबृती कायमै रहेकोमा चिन्ता ब्यक्त गर्दै सरोकारवाला पक्षले अझै बढी जनचेतना र सचेतना कार्यक्तम अवलम्बन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
baulaha-kajiउनले सरकारले सुरक्षित मातृत्वका साथै नवजात शिशुको स्याहारका लागि पनि देशैभरी बिभिन्न कार्यक्तमहरु संचालन गरीरहेको जानकारी दिए । कार्यक्रममा बोल्दै सुरक्षित मातृत्व संजाल महासंघका अध्यक्ष अध्यक्ष डाक्टर आरजु राणा देउवाले सुरक्षीत आमा बिना समुन्नत समाज र देश बन्न नसक्ने बताउँदै सुरक्षीत मातृत्वका लागि महासंघ सधै कटीबद्ध रहेको धारणा ब्यक्त गनरीन् । स्वास्थ्य मन्त्रालय,परिवार स्वास्थ्य महाशाखा तथा सुरक्षित मातृत्व संजाल महासंघको संयुक्त आयोजनामा यही कार्तिक २८ गतेदेखि ३० गतेसम्म काठमाण्डौमा सुरक्षित मातृत्व सम्वन्धि चौथो राष्ट्रिय सम्लन आयोजना भएको छ ।

15046323_1137800572955522_1653501470_nस्वास्थ्य मन्त्रालय,परिवार स्वास्थ्य महाशाखा तथा सुरक्षित मातृत्व संजाल महासंघको संयुक्त आयोजनामा प्रत्येक ५ बर्षमा एकपटक यस्तो सम्मेलन आयोजना हुदै आईरहेको छ । बिगतमा सन् २०००,सन् २००६ र सन् २०११ मा तिनवटा सम्मेलन आयोजना भईसकेका छन् । यस पटक आयोजना हुन लागीरहेको सम्मेलनले सुरक्षित मातृत्व र नवजात शिशुको स्वस्थ सुरक्षित राख्न अपनाईने तरीका भन्ने बिषयलाई मूल बिषय बनाई अघि सारेको छ । यस पटककको सम्मेलनमा सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसँग सम्वन्धित बिभिन्न शिर्षकमा आठवटा कार्यपत्र प्रस्तुत गरीने सुरक्षित मातृत्व संजाल महासंघकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले जानकारी गराउनु भयो ।

बिक्रम सम्वत् २०५३ सालमा स्थापना भएको सुरक्षित मातृत्व संजाल महासंघले स्वास्थ्य मन्त्रालय,परिवार स्वास्थ्य महाशाखा र बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासँगको साझेदारीमा सुरक्षित मातृत्व र नवजात शिशु स्याहारका क्षेत्रमा काम गर्दै आईरहेको छ । महासंघले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा देशका ७२ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गरीरहेको छ । तीन तिदनसम्म संचालन हुने यस सम्मेलनमा ६५ जिल्लाका पब्लिक हेल्थ नर्सहरु,नेपाल सरकारका प्रतिनिधिहरु, ग्रामीण क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायत बिभिन्न क्षेत्रका ३ सयभन्दा बढी ब्यक्तिहरु सहभागी रहेको महासंघले जनाएको छ ।

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]