भारतबाट कालो धन भित्रिन सक्ने भन्दै पूर्वअर्थमन्त्रीद्वारा संसदमा सरकारको ध्यानाकर्षण

कार्तिक २६, काठमाण्डौं । पूर्वअर्थमन्त्रीहरुले छिमेकी मुलुक भारतले आफ्नो ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुको हितका लागि सरकारले काम गर्नु पर्ने बताएका छन् । साथै कालोधनलाई सेतो बनाउन सक्ने भन्दै सरकार सचेत हुनु पर्नेमा समेत पूर्वअर्थमन्त्रीको जोड छ ।

त्यस्तै संसदमा बोल्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री पाण्डेले नेपालीहरुको हितका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । उनले भने, नेपालमा फेरि कालोधनका रुपमा सटही गर्ने अवसरका रुपमा प्रयोग नहोस् । भारतले आफ्नो नोटमा प्रतिबन्ध लगाएको घटनाबाट नेपालले सिक्नुपर्ने बताउँदै पूर्वमन्त्री पाण्डेले पैसा बैंकमा राख्ने बानी बसाल्नुपर्ने र विदेशी नोटको प्रयोगमा समेच हुनुपर्ने पाठ यो घटनाले सिकाएको बताए ।
पूर्वअर्थमन्त्री डा. महतले भारत सरकारको निर्णयले सीमा क्षेत्रका साना व्यवसायी र भारतमा काम गर्ने नेपालीहरु मारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले स्रोत खुलेका, साना व्यवसायी र भारतमा काम गर्नेहरुको हित रक्षाका लागि सरकारले तुरुन्त कदम चालोस् । अर्थमन्त्री स्वयंम क्रियाशील हुनुपर्योो र प्रधानमन्त्रीले जागर देखाउनुपर्योस ।’ यसरी काम गर्दा नेपालका साथै भारतमा भएका कालोधनलाई सेतो बनाउन सक्नेतर्फ उनले सचेत गराए ।
पूर्वअर्थमन्त्री महतले भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण गराए । सदनमा बोल्ने क्रममा डा. महतले राष्ट्र बैंकलाई उधृत गर्दै नेपालमा करिब ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए भने पूर्वअर्थमन्त्री पाण्डेले चाँहि नेपालको बैंकमा साढे ३ करोड भारतीय रुपैयाँ रहेको बताएका थिए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]