आज एक दिनलाई भारतभर सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु बन्द

कार्तिक २४, नयाँदिल्ली । भारतीय सरकारले चलनचल्तीमा रहेका एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएसंगै भारतभर सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु आज एक दिनलाई बन्द भएका छन् । एटीएममा आज सर्वसाधरणले प्रतिव्यक्ति दैनिक दुई हजार र भोली ४ हजार रुपैयाँ मात्र निकाल्न पाउने व्यवस्था गरिएको छ । बैंकहरुमा तत्काल सरकारी निर्णय अनुसार पुरानो नोट बिस्थापन गरी नयाँ नोट ल्याउने तयारी स्वरुप आज सम्पुर्ण बित्तिय संस्था बन्द गरिएको हो ।

हाल सर्वसाधारणका साथमा रहेका पुराना नोटलाई आगामी पचास दिनभित्र सटही गरिदिन  बैंकलाई सरकारले निर्देशन दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै एक हजार र पाँच सयको चलन चल्तीमा रहेका नोटलाई प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । प्रधानमन्त्रीको घोषणा लगत्तै गएराती १२ बजेबाट भारतमा एक हजार र पाँच सयको नोट प्रयोग बन्द भएको हो ।

भारतीय सरकारको नयाँ प्रावधानअनुसार सर्वसाधारणले नोभेम्बर १० अर्थात भोलीदेखि आगामी डिसेम्बर ३० सम्ममा हजार र पाँचसयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ । सरकारले कालोधन कारोबार रोक्न भन्दै यस्तो व्यवस्था गर्नुपरेको बताएको छ ।   भारतीय सरकारले नक्कली नोटको कारवार र कालोधनलाई निरुत्साहित गर्ने पछिल्लो कदम चालेपनि सर्वसाधरण भने अकस्मात आएको सरकारी निर्णयले निकै समस्यामा परेका छन् ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]