काँग्रेस सभापति देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

कार्तिक् २३, नयाँदिल्ली । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ । साउथ ब्लकस्थित प्रधानमन्त्री निवासमा काँग्रेस सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीसंग भेटवार्ता गर्नु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले पुष्टि गरेका छन् ।

भेटवार्ताका क्रममा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधानमा अन्य पक्षलाई समेट्न भइरहेको प्रयास लगायत बिषयमा कुराकानी भएको स्रोतले जनाएको छ । सभापति देउवा भोली दिउँसो साढे १२ बजे काठमाण्डौ आइपुग्ने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । भोलीसम्ममा देउवाले अन्य केही उच्चस्तरिय राजनीतिक भेटघाट गर्नुहुने उहाँका निकटवर्तीहरुले बताएका छन् ।

भारतीय जनता पार्टीको थिंक ट्यांक संस्था इण्डिया फाउन्डेसनको गोवामा आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागी हुन देउवा गत शुक्रवार भारत जानु हो । देउवालाई जवाहरलाल नेहरु बिश्वविद्यालयले अस्ति मानार्थ बिद्यावारिधिद्धारा सम्मान गरेको थियो ।

 

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]