देउवालाई जेएनयुको मनार्थ विद्यावारिधि , मनार्थ विद्यावारिधि पाउने देउवा पहिलो दक्षिण एशियाली नेता

कार्तिक २२, काठमाण्डौं ।  भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) ले मनार्थ विद्यावाराधिको उपाधि प्रदान गरेको छ। विश्विद्यालयका उपकूलपति जगदीशकुमारले आइतबार एक समारोहबीच सो उपाधि प्रदान गरेका छन्। जेएनयुको मनार्थ विद्यावारिधि पाउने देउवा पहिलो दक्षिण एशियाली नेता हुन् ।

सभापति देउवाले आइतबारै जेएनयुमा १२ औं नेहरु मेमोरिएल लेक्चर समेत दिएका छन्। उनकाे लेक्चर डेमोक्रेसी एन्ड प्रोग्रेस इन द एशियन सेन्चुरी शीर्षकमा थिया। भारतका राष्ट्रिय र अन्तरार्ष्ट्रिय  नेता उपस्थित गराइने यो मञ्चमा यसअघि नेवेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी, धर्मगुरु दलाई लामा, पूर्व भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम लगायतले सम्बोधन गरेका छन्।

प्रवचन समापन लगत्तै विश्वविद्यालयका उपकूलपतिले देउवालाइ मानार्थ विद्यावाराधि प्रदान गरेका थिए। कार्यक्रममा देउवा पत्नी आरजु, सार्कका महासचिव अर्जुन थापा, नेपालका लागि भारतीय राजदूत रणजीत राय सहभागी थिए।

 

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]