अष्ट्रेलियाको सर्टिफिकेट फोर ईन कमर्सियल कुकरी कोर्ष अव नेपालमै

कार्तिक २०, काठमाण्डौं । अष्ट्रेलियाको सर्टिफिकेट फोर ईन कमर्सियल कुकरी कोर्ष अव नेपालमै पढ्न पाईने भएको छ ।काठमाण्डौको मैतीदेविमा रहेको प्यासिफिक हस्पीटालीटी एण्ड कलीनरी एकेडेमीले यस कोर्षलाई नेपालमा संचालन गरीरहेको छ । कमर्सीयल कुकरीको महत्व र आवश्यकता बिषयक एक अन्तरक्रिया कार्यक्रम प्यासीफिकले कलेज हातामा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि थिए डाक्टर रामहरी लामिछाने ।
tara1१६ राष्ट्रको प्राविधिक तथा ब्यवसायीक शिक्षा पद्धतीको प्रवद्धन तथा अनुगमन गर्ने निकाय हो कोलम्बो प्लान स्टाफ कलेज । यस संस्थाका डाईरेक्टर जनरल रहेका छन्, डाक्टर रामहरी लामिछाने , जो नेपाली नागरीक हुन् । यो नेपालको प्राविधिक तथा ब्यावसायिक शिक्षाका लागि एक सुखद समाचार नै हो । डाक्टर लामिछानेले अष्ट्रेलियामा अवस्थित अष्ट्रेलियन ईन्टरनेशनल कलीनरी सर्भिसेजको सर्टिफिकेट फोर ईन कमरर्सीयल कुकरी नामक कोर्ष अध्ययन गरीरहेका नेपाली विद्यार्थीह्रुलाई हस्पीटालीटि करीअरको महत्व र आवश्यकता बिषयक कार्यशाला गोष्ठी माफएत विद्यार्थीह्रुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो ।
taraकाठमाण्डौको मैतिदेवीमा रहेको प्यासिफिक हस्पीटालीटी एण्ड कलीनरी एकेडेमीले अष्ट्रेलियाको अष्ट्रेलियन ईन्टरनेशनल कलीनरी सर्भिसेजको कोर्षहरु प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को समकक्षता प्राप्त गरी नेपाली विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आईरहेको छ ।
प्यासिफिक हस्पीटालीटी एण्ड कलीनरी एकेडेमीले आयोजना गरेको एक बिशेष कार्यक्रममा बोल्दै कोलम्बो प्लान स्टाफ कलेजका डाईरेक्टर जनरल डाक्टर रामहरी लामिछानेले बिदेशमा बिना सिप जाँदा लाखौ नेपाली ठगीने, अलपत्र पर्ने र सस्तो मूल्यमा श्रम बेच्न बाध्य हुनु पर्ने भएकाले यस्ता खालका प्राविधिक र ब्यवसायीक ज्ञान हासील गरेर मात्रै बिदेशमा जान विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
tara2डाक्टर लामिछानेले पछिल्लो समयमा बिश्वमा झै नेपालमा पनि हस्पिटालीटि क्षेत्रको बिकास र बिस्तार तिब्र गतिमा हुदै गईरहेको स्मरण गराउँदै प्यासिफिक हस्पीटालीटी एण्ड कलीनरी एकेडेमीले नेपालमै सस्तो मूल्यमा बिदेशी डिग्री पढाईरहेकाले यसवाट बिद्यार्थीहरुलाई लाभ लिन समेत आग्रह गर्नु भयो । डाक्टर लामिछानेले ब्यवायीक कुकरीका लागि प्यासिफिकले तयार पारेको पूर्वाधार र यसमा अध्यापन गराउने प्रशिक्षकहरु निकै निपूर्ण भएकोमा खुलेर प्रशंसा गर्नु भयो । प्यासिफिक हस्पीटालीटी एण्ड कलीनरी एकेडेमीले आउँदो नोभेम्वरमा नयाँ शैक्षिक सत्रका लागि सर्टिफिकेट फोर ईन कर्मर्सीयल कुकरीमा भर्ना समेत खुल्ला गरेको छ ।

Releated

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]