भारतीय राष्ट्रपति मुखर्जी पोखरामा, त्रिभुवन बिमानस्थलबाटै नयाँदिल्ली फर्कने

कार्तिक १९, पोखरा  । नेपालको ३ दिने राजकीय भ्रमणको अन्तिम दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जानु भएको छ । बिहान जनकपुरस्थित रामजानकी मन्दिरमा बिशेष पुजा गरेका मुखर्जी बुद्ध एयरको चाटर्र बिमानबाट सिधै पर्यटकीय नगरी पोखरा जानु भएको हो । पोखरामा उहाँले भारतीय पेन्सन क्याम्पमा आयोजना हुने बिशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँको सुरक्षालाई ध्यानमा राखी पोखरामा बिशेष सुरक्षा ब्यवस्था मिलाईएको छ । राष्ट्रपति मुखर्जीको स्वागतार्थ पोखरा विमानस्थलदेखि पोखराको विरौटास्थित ग्रान्ड होटल र विमानस्थलबाट भारतीय पेन्सन क्याम्पलगायतका स्थानमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रसासनले जनाएको छ । उहाँको भ्रमणलाई लक्षित गरी पोखरा विमानस्थलबाट हुने सवै उडान रद्द गरिएका छन् भने १० बजेपछि हुने अल्ट्रालाइट उडानका साथै सराङकोटबाट हुने प्याराग्लाइडिङ समेत पूर्णरुपमा बन्द गरिएको छ । भ्रमणको समयमा वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधरणलाई आग्रह गरेको छ ।

पोखराबाट साँझ काठमाण्डौ फर्किएर मुखर्जी त्रिभुवन बिमानस्थलबाटै नयाँदिल्ली फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रकाशसरण महतले जानकारी दिनुभयो । उहाँलाई त्रिभुवन बिमानस्थलबाटै बिदाई गर्ने कार्यक्रम छ । राष्ट्रपति बिद्यादेवी भण्डारीको निमन्त्रणमा मुखर्जी अस्ति बुधवार नेपाल आउनुभएको हो ।  यसैबीच, भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेलले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्रका साथै उपमहानगरपालिकाको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

अभिन्नदन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले नेपाल र भारतबीच रामायणकालदेखिको सम्बन्धको चर्चा गर्नुभयो । करिब एक घण्टा लामो सो कार्यक्रममा सहभागी मुखर्जीले रामायणकाल देखि स्थापना भएको दुई मुलुकबीचको सम्बन्ध थप बलियो बनाएर लैजानु पर्ने उल्लेख गर्नुभयो । जनकपुर ज्ञानको भूमि रहेको बताउदै उहाँले फागुन शुक्ल द्वितियाबाट सुरु हुने १५ दिने जनकपुर परिक्रम अन्तरगत पर्ने १५ बिश्रामस्थल मध्ये नेपाली भूमिका रहेका २ स्थानमा धर्मशाला बनाउन भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिहान ११ बजेर ५० मिनेटमा बुद्ध एयरको चार्टर बिमानबाट जनकपुर पुगेका मुखर्जी साढे एक बजे त्यहीबाट सिधै पोखरा उड्नु भएको हो ।  मुखर्जीलाई उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले स्वागत गर्नुभएको थियो । भारतीय राष्ट्रपति मुखर्जीले रामजानकी मन्दिरमा करिब २० मिनेट बिशेष पूजा गर्नुभएको थियो । उहाँको सुरक्षाका लागि स्थानीय प्रशासनले करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]