कांग्रेस सभापति शेरबहादुर देउवा भारतको नयाँदिल्ली प्रस्थान

कार्तिक १९, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन देउवा शुक्रबार भारत गएका हुन् देउवा दिल्ली हुँदै शुक्रबार नै गोवा पुग्ने कार्यक्रम

गोवामा हुने फाउन्डेसनको कार्यक्रमलाई देउवाले सम्बोधन गर्नेछन् उनले गोवामा रहँदा स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपाका अध्यक्ष अमित शाहलगायतसँग भेटघाट गर्ने कार्यक्रम

गोवाबाट दिल्ली फर्किएपछि सभापति देउवाले राजनीतिक भेटघाट गर्नेछन् शनिबार दिल्ली फर्कने देउवाले त्यहाँ केही औपचारिक कार्यक्रममा सहभागिता जनाउनेछन् । जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने बताइएको

दिल्लीमा रहँदा सभापति देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराजसहितसँग राजनीतिक भेटघाट गर्ने बताइएको उनी कात्तिक २३ गते काठमाडौं फर्कनेछन्

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]