पाकिस्तानको कराँचीमा रेल दुर्घटना , १७ जनाको मृत्यु ४० घाईते

कार्तिक, १८,पाकिस्तान ।  पाकिस्तानको कराची नजिकै रहेको लान्धी रेलवे स्टेसनमा दुई यात्रुवाहक रेल जुध्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यम द ड्वनका अनुसार जुमा गोथ र लान्धी रेलवे स्टेसनको बीचमा रोकिराखेको फरदि एक्सप्रेसक नामक रेलमा जाकारिया एक्सप्रेस ठोक्किएको थियो ।

03112016122143pakistan-600x0रेलवे सुपरिटेन्डेन्ट नासिर नजिरका अनुसार घटना के भएर घटेको भन्ने अझै यकिन नभएको र हाललाई उद्धार प्राथमिकता भएको बताए । जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरका अधिकारीका अनुसार अस्पतालमा १७ वटा शव ल्याइएको छ ।

घटनामा रेलका दुईवटा बग्गी पल्टिएको बताइएको छ । टेलिभिजनहरुको फुटेजमा रेलमा ठूलो क्षति पुगेको देखिएको छ । पल्टिएको रेलको बग्गीमा अझै यात्रुहरु फसिरहेको र उनीहरुको उद्धारको प्रयास भइरहेको बताइएको छ । घटनामा घाइते भएकाहरुको नजिकैको अस्पतालमा लगिएको छ ।

 

 

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]