बंगलादेशमा हिन्दू धर्मावलम्बीका घर र मन्दिर माथि आक्रमण

कार्तिक १६,ढाका, बंगलादेश । बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मावलम्बीका घरहरुमा आक्रमण तथा आगजनी गरिएका छन् ।फेसबुकमा इस्लाम विरोधी पोष्ट गरेको भन्दै आक्रोशित जमातले हिन्दूका घर र मन्दिरलाई निशाना बनाएका हुन् ।

ब्रह्मणबरिया जिल्लाको नासिरनगरमा रहेका हिन्दू समुदायको घर र मन्दिरमा मुस्लिम समुदायका आक्रोशित भीडले आक्रमण गरेको हो । प्रहरीका अनुसार कम्तिमा २० घरमा आगजनी गरिएको छ भने दश हिन्दू मन्दिरमा आगलागी गर्नुका साथै त्यहाँको सम्पत्ति लूटपाट गरिएको छ ।

हिन्दू समुदायका मानिसलाई कुटपिटसमेत गरिएको छ । मुस्लिम बहुल बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि यस्ता आक्रमण यसअघि पनि हुने गरेको थियो ।

फेसबुकमा एक हिन्दू युवाले मुसलमानको धार्मिकस्थलको बारेमा आपत्तिजनक सामाग्री पोष्ट गरेपछि यो घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले फेसबुकमा आपत्तिजनक सामाग्री पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ । एजेन्सी

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]