‘नेपाली सेनाबाट चिनियाँ सेनाले सिक्न चाहेको छ’–रक्षामन्त्री बालकृष्ण खाण

असोज ३०, काठमाण्डौं ।  विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ।  ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी बेइजिङमा सम्पन्न सातौ सियाङसान सम्मेलनमा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै रक्षामन्त्री बालकृष्ण खाणले शान्तिस्थापना कार्यमा खटिएर नेपाली सेनाले देखाएको व्यावसायिक दक्षता, इमान्दारी र बहादुरीको चिनियाँ रक्षामन्त्रीले प्रशंसा गरी ‘विलक्षण’ क्षमता बोकेका नेपाली सेनाबाट चिनियाँ सेनाले पनि केही सिक्न आवश्यक रहेको बताएको जानकारी दिए।

रक्षामन्त्री खाणले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा सुरक्षा र सहयोगलाई कसरीसँगै लैजाने भन्ने विषयमा सियाङसान सम्मेलनमा गहन छलफल भएको बताए। उनले भने, ‘आतङ्कवादका कारणले सुरक्षामा देखिएका समस्या र समाधानका विषयमा नेपालको धारणा सम्मेलनमा राखिएको छ।’ सियाङसान सम्मेलनका क्रममा मन्त्री खाणसँगको भेटमा चिनियाँ रक्षामन्त्री छाङसँगले नेपालको संविधानप्रति चीन र चिनियाँको सद्भाव र समर्थन रहेको जानकारी गराउँदै नेपालले शान्ति, समृद्धि र प्रगतिमा सफलता हासिल गरोस् भनी शुभकामना व्यक्त गरे।

दुवै देशका सरकारका उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमणको आदानप्रदानलाई निरन्तरता दिन आवश्यक रहेका विषयमा उनीहरूबीच विचारविमर्श भएको थियो। दुवै रक्षामन्त्रीबीचको भेटमा नेपाली सेना र चिनियाँ सेनाबीचको सम्बन्धका विभिन्न आयामका बारेमा छलफल भएको मन्त्री खाणले जानकारी दिए।

द्रुतगतिको आर्थिक प्रगतिमा रहेको चीनले कुनै पनि मुलुकको समृद्धिका लागि छिमेकी मुलुकमा शान्ति र प्रगति हुन आवश्यक छ भन्ने पक्षलाई राम्ररी महसुस गरेको आफूले पाएको मन्त्री खाणले बताए सम्मेलनमा ६४ मुलुकका ४०० प्रतिनिधिको सहभागिता थियो। रक्षामन्त्री खाणको स्वागतका लागि प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव श्रीधर सापकोटा र नेपाली सेनाका रथीवृन्द विमानस्थल पुगेका थिए।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]