महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सपना सपनामै सिमित

असोज २९, काठमाडौं । सन् २०१६र२०१७ मा इङल्याण्डमा हुने आइसीसी महिला विश्वकप क्रिकेट खेल्ने नेपाली महिला क्रिकेट टोलीको सपना चकनाचुर भएको छ।शुक्रबार थाइल्याण्डसँगको महत्वपूर्ण खेलमा पराजय बेहोरेसँगै एसियाबाट विश्व छनौट खेल्ने अवसरबाट नेपाल चुकेको हो।

हङकङमा जारी प्रतियोगितामा नेपालले पाँच खेल मध्ये ३ खेलमा हार बेहोरिसकेको छ। राउण्ड रोबिनको आधारमा जारी प्रतियोगितामा नेपालले चीनसँग खेल्न बाँकी रहेपनि अंकतालिकामा नेपाल पुछारबाट दोश्रोमा छ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले मात्र विश्वकप छनौट खेल्न पाउनेछ। शीर्ष स्थानमा रहेको थाइल्याण्डको ८ अंक छ। नेपालले चीनसँगको अन्तिम खेलमा जीत हात पारेको अवस्थामा समेत ६ अंक मात्र हुनेछ। यस्तोमा नेपालको सम्भावना अन्तिम खेल अघि नै समाप्त भएको हो।

प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा थाइल्याण्ड र हङकङसँग हार बेहोरेको थियो। तेश्रो खेलमा चीनलाइ पराजित गरेको नेपालले चौथो खेलमा हङकङ माथि बदला लिदैँ जीत निकालेको थियो। शुक्रबार जीत निकाल्नै पर्ने महत्वपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग १ विकेटले पराजित भयो। पराजयसँगै नेपाली टोली हङकङको हङकङ क्रिकेट क्लबको मैदानबाट निराश हुदैँ बाहिरिएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन जोडेको थियो। नेपालका लागि नेरी थापाले सर्वाधिक नटआउट ३२ रन जोडिन्। त्यस्तै इन्दु बर्माले २६, निर्मला शाहीले २०, ज्योती पाण्डेले १३, कप्तान रुविना क्षेत्री बेलबासेले नटआउट १० रन जोडे। त्यस्तै रोसनी बोहोराले २ रन मात्र जोड्न सकिन्।

बलिङतर्फ थाइल्याण्डकी चनिदा सुथिरुङले २ तथा सुलिपोर्न लाओमीले १ विकेट लिइन्। जवाफि ब्याटिङ गरेको थाइल्याण्डले १८ ओभर ४ बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। थाइल्याण्डकी चनिदा सुथिरुङले नटआउट सर्वाधिक २७ रन जोडिन्। बलिङतर्फ नेपालकी करुणा भण्डारीले ४ विकेट लिइन्। त्यस्तै सीता रानामगरले २ तथा कप्तान रुविना क्षेत्री बेलबासेले २ विकेट लिए। अर्को विकेट भने निर्मला शाहीले लिइन्।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]