भारत विना सार्क सम्मेलनको औचीत्य हुँदैन– परराष्ट्रविद्

असोज १४,काठमाडौं । पररारष्ट्रविदहरुले भारतको सहभागीताबिना सार्क सम्मेलनको अस्थित्व नै नहुने बताएका छन्। उनीहरुले सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको बताएका हुन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार गरेको साक्षात्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा। ऋषि अधिकारीले भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे। अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको इस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्योलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस भन्ने चाहेको स्पष्ट पारे।
उनले नेपाल सधैं अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको बताए। नेपाल अन्तर्राष्ट्रिय आतंवादविरुद्धमा रहेको बताउँदै उनले भने,‘हामी इन जनरल र इन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं।’ यद्धपी उनले भारत–पाकिस्तानवीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे।
कार्यक्रममा डा। अर्थविद विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए। प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे।
उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाइ थियो।
पराष्ट्रविद डा। निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे। पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए। उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए।
पूर्वराजदूत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए। यद्यपि उनले भारत–पाकिस्तानबीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]