मोदी र दाहालबिच करीव ५० मिनेट लामो गोप्य भेटवार्ता ,दुई प्रधानमन्त्रीले गरे संयूक्त पत्रकार सम्मेलन

भदौ ३१ , नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता सम्पन्न भएको छ । चार दिने भारत भ्रमणमा आएका ‘प्रचण्ड’ले शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले हैदरावाद भवनमा नेपाल तथा भारतका अधिकारीहरू सम्मिलित र मोदीसँग मात्रै छुट्टै भेटवार्ता गरेका हुन् ।
दुवै प्रधानमन्त्रीवीच करिव ५० मिनेट कुराकानी भएको थियो । । भेटवार्तामा मोदी र प्रचण्डवीच द्धिपक्षीय सम्बन्धलाई समझदारीमा अघि बढाउने सहमति भएको छ । विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने र आगामी दिनमा आर्थिक साझेदारीमा भारतले सहयोग गर्ने मोदीले विश्वास व्यक्त गरेका थिए ।
मोदी र प्रचण्डवीच आगामी दिनमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणलाईपनि निरन्तरता दिनेबारेमा समझदारी बनेको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । जवाफमा मोदीले आफू नेपालमा धार्मिक–साँस्कृतिक भ्रमण गर्न तयार रहेको बताए ।
दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका  छन् । प्रधानमन्त्री दाहालले पश्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना, महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना, ढल्केवर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिबृद्धिको विषयमा छलफल गर्नुभएको छ ।
त्यस्तै हेटौँडामा विद्युत सवस्टेशन, गोरखपुर–भैरहवा प्रसारण लाइन, बङ्गलादेशबाट पारवहन सुविधा, विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने, नेपाली कृषिजन्य सामग्रीलाई भारत लैजान सहज बनाउने विषयमा पनि छलफल भएको छ ।
यसै गरी ऊर्जा व्यापार सम्सझौताको पोर्टोकल, गौरीफान्टा नाकाको स्तरोन्नती, कास्कीको ढिकुरापुरमा पोलिटेक्नीकल इन्ष्च्यिुट स्थापना, दोधार चाँदनी सुक्खा बन्दरगाह निर्माण, हुलाकी राजमार्गको दोस्रो चरणको निर्माण, एकीकृत चाँच चौकीहरु निर्माण, नेपालको व्यापार घाटा, नेपाल प्रहरीको एकेडमी निर्माण लगायतका विषयमा छलफल भएको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]