भारतद्धारा नेपाली अदुवा माथि लगाईएको प्रतिबन्ध फुकुवा

भदौ २४, काठमाण्डौं नेपाली अदुवामाथि गत ११ दिनदेखि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट खुलेको छ। नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो। तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विन्टल अदुवामा कुनै विषदी नदेखिएपछि भारतले पुनः निर्यात खुला गरेको हो।

नेपाली अदुवाको नमुना परीक्षणका लागि १० क्विन्टल अदुवा पठाइ भारतको खाद्य विभागले माग गरेपछि नेपाली व्यवसायीले सोही परिमाणमा अदुवा परीक्षणका लागि भारत पठाएका थिए।

भदौ १५ गतेदेखि भारतले नेपाली अदुवा निर्यात रोकेपछि विशेष गरी पूर्वी नेपालका अदुवा किसान मारमा परेको थिए। भारत निर्यात नहुँदा किसानले ठूलो क्षेत्रफलमा लगाएको अदुवा नै कुहिएर जाने अवस्था सिर्जना हुन लागेको भन्दै उनीहरु निर्यात खुलाउने पहल गर्न सरकारसँग माग गरिरहेका थिए।

भारतको यस निर्णयसँगै अब नेपाली किसान तथा व्यवसायीले नेपाली अदुवा शुक्रबारबाट नै भारत निर्यात गर्न सक्ने छन्।

 

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]