चेलीबेटी बेचबिखन रोक्न दुई देश बिच सम्वन्वय आवश्यक

 

साउन २८, नयाँदिल्ली भारत । भारतको नयाँ दिल्लीस्थित ईण्डिया ईन्टरनेशनल सेन्टरमा माइती इण्डियाको आयोजनामा मानव बेचबिखन ओसार प्रसार तथा बेचविखनको विषयमा एक दिने गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा भारतीय सीमा सुरक्षा बलका एआईजी रेनुका मिश्र, डिआईजी श्रवण कुमार, डिआईजी केएस महि, अजय उन्याल, नेपाली राजदूतावासका कार्यवाहक राजदूत, काउन्सेलर यादवराज खनाल, द्वितीय सचिव सृजना अधिकारी, एबिसि नेपालकी अध्यक्ष दूर्गा घिमिरे, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका डा. किरण रुपाखेती, नेपाल जनसम्पर्क समिति भारतका अध्यक्ष बाल कृष्ण पाण्डे, भारतीय विदेश मन्त्रालयका प्रतिनिधि,  भारतीय कानुनविद् तथा मानव अधिकारकर्मिहरु तथा करिब एक दर्जन चेलिबेटी सम्बन्धी कार्यरत सामाजिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

भारतीय सीमा सुरक्षा बलका आइजी रेनुका मिश्रले खुला सीमानाका कारण मानव तथा चेलीवेटी ओसार पसारमा समस्या देखिएको भन्दै दूई देशको बीचमा अझ बढी समन्वय हुनुपर्ने बताइन् । उनले यस कार्यका लागि नेपालमा खास एउटा निकाय नहुँदा आफूहरुलाई काम गर्न त्यति सहज नभएको बताइन् । उनले भारतको सीमा सुरक्षा बल र नेपालको सुरक्षा निकायको बीचमा त्यस्तो समझदारी हुन सक्ने बताईन । चेलीबेटी बेचबिखन बिरुद्ध लामो समयदेखि कार्यरत एबिसि नेपालकी अध्यक्ष दुर्गा घिमिरेले विगतमा भन्दा अहिले मानव ओसार पसारको शैली बदलिएको भन्दै त्यसै ढंगले समस्यालाई समाधान गर्नुपर्ने बताइन् । उनले पछिल्लो समयमा नेपाली चेलीलाई घरेलु कामदारको रुपमा राखेर यौन शोषण गर्ने तथा मेनपावर कम्पनीहरु समेत ओसारपसारमा लागेको बताउनुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका डा. किरण रुपाखेतीले यस विषयमा आधिकारिक डाटाको अभावको कारणले काम गर्न गाह्रो भएको बताए । उनले यस विषयमा नेपाल र भारत बीचमा दूईपक्षीय सम्झौताको आवश्यकता रहेको बताउँदै भारतमा उद्दार गरिएकालाई सहज रुपमा नेपाल फर्काउन पनि दूई देशको बीचमा एमओयु हुनुपर्ने बताउनुभयो ।

नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बाल कृष्ण पाण्डेले मानव ओसारपसार तथा बेचबिखनको समस्या झन भयावह भएको भन्दै तत्काल यस विषयमा कार्यरत सबै पक्षहरु एक साथ मिलि नियन्त्रण गर्नुपर्ने बताए । भारतस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले राजदूतावासले यो समस्यालाई गम्भिर रुपमा लिएको भन्दै जस्तो सुकै सहयोग गर्न तयार रहेको र गरिरहेको बताए ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]