बिप्लव चन्द, नेपाल बन्द

श्रावण ८ गते, शुक्रबार,   संविधान निर्माण र लिपुलेक सम्झौताविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दले देशभरी जनजीवन प्रभावित भएको छ । काठ मान्डौ तथा देशका सबैजसो ठाऊँमा बन्दका कारण मुख्य सडक वरपरका पसल खुलेका छैनन् भने शिक्षण संस्था पनि बन्द रहेका छन् । सहरका भित्री गल्लीका पसलहरु न्युना मात्रामा खुलेका छन् । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसधान चलेका छैनन् । काठमाडौमा बन्दकर्ताको उपस्थिति केही कम भएपनि बन्दको प्रभाव भने परेको छ तर केही निजी सवारी साधनहरू भने फाट्टफुट्ट चलिरहेका छन् । बन्दका कारण प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]