दुइ देशको दोस्ती, व्हिस्कीको चुस्की

श्रावण ६ गते बुधवार ,  नेपाल स्थित रसियन दुताबासले आफ्नो राष्ट्रीय दिबस एक भब्य कार्यक्रम आयोजना गरी मनाएको छ । रसियन दुताबासमा आयोजित कार्यक्रममा राजदुत सेर्गी भी भेलिच्कीन  तथा श्रीमती ओल्गा भेलिच्कीनाले संयुक्त रुपमा केक काटी दिबस मनाइएको थियो । रमाइलो पक्ष त के देखिन्थ्यो भने राजदुत दम्पतीले केक काटिरहदा नेपाल सरकारका मुख्य सचिब लीलामणी पौडेल भने ताली पिटिरहेका थिए । कलाकार राजेश हमाल देखी राजनितिक्, सामाजिक्, ब्यापारीक ब्यक्तीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रम भइरहदा बाहिर ठुलो पानी परिरहेको थियो भने भित्र व्हिस्कीको चुस्की लगाउने क्रम बढ्दै थियो । रसियाको आर्थीक स्थिती खस्कदै गएपनी नेपाल सँगको दुइ पक्षिय सम्बन्ध भने पुरानो नै हो ।       

Releated

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् […]

श्रेष्ठको नेतृत्वमा नायरमा नयाँ कार्यसमिति

१९ साउन, काठमाडौ अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीहरुको प्रतिनिधि मुलक संगठन अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल नायरको नयाँ नेतृत्व चयन भएको छ । नायरमा यूनीक्याम्पस एजुकेशन नेटवर्क प्रालिका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति शुक्रबार सम्पन्न वार्षिक साधारणले चयन गरेको हो । कार्यसमितिको चयन आगामी २ वर्षको लागी भएको हो । निर्वाचन समितिका अध्यक्ष अधिवक्ता […]